अाज मलाइ एउटा अचम्मको बिचार अायो! वास्तवमा हाम्रो देश अरु कसैले बिगारेको होइन। यो मैले बिगारेको देश हो। म कहिले पनि देशको लागि सिरियस भइन। जीवनका तीसौ बस्न्त पार गर्दा पनि मैले देशको लागि खासै केहि गर्न सकेको छैन। खालि नेपाल काम लाग्दैन, यहाँ बसेर केहि हुदैन भन्यो, साथि भाइहरु सँग नाना भाति काम नलाग्ने कुराहरुमा समय पास गऱ्यो। मैले मेरो लागि त केहि गर्न सकेको छैन भने देशको लागि के गर्ने होला! मैले गर्नु पर्ने अध्ययनमा त मैले समय दिन्न, स्कुल पढदा यत्ति कै पास भइयो, क्यामपसमा निमाको सानो गेस पेपर जिन्दाबाद थियो! खालि अरुको नक्कल गर्दै समय गयो। अाफुले सोच्ने र केहि नयाँ गर्ने भन्ने त पट्कै भएन! मैले मेरो लागि नै केहि गर्दिन भने, अरुबाट मैले के अास गर्ने। अरुले केहि गर्दैन भनेर मैले कसरि भन्ने। बाफ रे, अहिले सम्म त म यत्ति कै बोल्दो रहेछु। अरुलाइ दोष दिन निकै सजिलो हुदो रहेछ।
तर अब पनि अलिकति समय छ। अबो पनि सोच्यो भने, सिरियस भयो भने अाफ्नो लागि केहि गर्न सकिन्छ! मैले अाफन्ो लागि केहि गरे भने पनि त त्यो अाखिर देशको लागि त हो! त्यो अर्थ लगाउदा मैले देशको लागि पनि त केहि गर्न सक्ने रहेछु। म किन यो जवानीमा नै एति अल्छि? अब मलाइ कसै प्रति अास छैन, मेरो लागि पनि म अाफै गर्छु र देशको लागि पनि म अाफै गर्छु। मैले यस्तै गर्दा अाज म यति पछि छु, मेरो देश यति पछि छ। अरुको पुर्खाले दुख गरि सजायको देश देखेर र म मख्ख पर्नु हुन्न। मैले मेरो फुलबारी सजाउनु पर्छ।
Tuesday, March 31, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment