Thursday, March 12, 2009

संविधानको भाषा र अाकार

संविधानको भाषा र अाकारका सम्बन्धमा एमालेका वरिष्ठ नेता तथा संविधानसभा संवैधानिक समितिका सभापति माधवकुमार नेपालको संविधानको अाकारको कुरा चित्त बुझेन । संविधान लेखिनु अघि नै कति लामो वा छोटो भनेर कुरा गर्नु भनेको कुनै पनि विध्यार्थीले थेसिस लेख्नु अघि कति पेजको लेख्ने भने जस्तै हो । काम सकिनु अघि पेज तोकिनु भनेको गुणस्तरमा भन्दा पनि मात्रमा बढि जोड दिनु हो । कति लामो वा छोटो भन्दा पनि नयाँ संविधनमा देशमा अावस्यक पर्ने सम्पुर्ण नियम कानुनका कुरा जन्ताले बुझ्ने स्पष्ट र सरल भाषामा लेखिनु पऱ्यो । अाज भन्दा अघि नेपालमा बनेका संविधान कहिले पनि जन्ताले बुझ्ने भाषामा लेखियनन्, जस्ले गर्दा संविधानलाइ जहिले पनि शासकहरुले अाफुलाइ अनुकुल हुने तरिकाले ब्याख्या गरे । हामी कहाँ किन जहिले पनि घुमाउरो, दोहोरो अर्थलाग्ने भाषाको प्रयोग गरिन्छ ? केहि महिना अघि मधेसी समुहसँग गरियको बार्तामा पनि यस्तै भाषाको प्रयोग गरियो, फलस्वरुप अहिले देशमा फेरि थारु अान्दोलित छन् । अहिले बन्ने संविधानमा पनि यस्तै मनोमानी अर्थ लाग्ने भाषाको प्रयोग गरियो भने, त्यो कदापि जन्ताको संविधान हुन सक्दैन । नयाँ संविधान यस्तो होस कि सबै जन्ताले बुझुन, त्यस्को अाफै अर्थ लगाउन सकुन र त्यसलाइ कानुनी धर्मग्रन्थ संझेर सबैले अाफ्नो घरमा राखुन । यस्तो भयो भने मात्र संविधानलाइ अाफुखुसि अर्थ लगाउने परिपाटी पनि हराउछ र देशमा कानुनी राज्य भएको अाभाष जन्तालाइ हुन्छ । र अर्को कुरा के छ भने, नेपालमा हाल एक सय भन्दा बढि भाषाहरु बिभिन्न मातृभाषाको रुपमा बोलिन्छन । यस्तो संदर्भमा संविधान केवल नेपाली भाषामा मात्र तयार गरेर हुदैन, नेपालमा बोलिने अन्य मातृभाषाहरु लगाएत अंग्रेजीमा पनि सरकार कै मातहतमा संविधान निर्माण हुनु पऱ्यो । यस्तो हुन सकेमा शासकले संविधान अाफुखुसि वर्णन गरेमा त्यसलाइ नेपाली जन्ताले नेपाली सामाज र अावस्यक परे अन्तराष्टिय अदालतमा पुगेर पनि संविधानको मर्म अनुकुल वर्णन गर्ने छन् ।



No comments: