Tuesday, April 21, 2009

युवाहरुको जोस!

मैले नेपाल प्लसमा एउटा जोसिलो लेखमा गरेको कमेन्ट

समग्रमा लेख समसामयिक हुनुका साथै राम्रो पनि छ। तर लेखक अलि उग्र रुपमा प्रसतुत हुनु भएको जस्तो देखिन्छ जुन कुरा केहि मित्रहरुले भन्नु भएको पनि छ। जे भए पनि मैले यो कुरालाइ युवा मानसिक्ताको उपजको रुपमा धारण गरेको छु। नेपालको झन्झटिलो कानुन, जे कुरामा पनि नातावाद, जे कुरामा पनि लामो प्रक्रिया र राजनितिक समस्याले गर्दा लगभग सबै युवा उग्र भएको देखिन्छ। यहि उग्रता कसैको मसिबाट पोखिन लागिसकेको छ। साथिहरुले कत्तिको बिचार गर्नु भएको छ कुन्नि, मैले त लगभग धेरै युवाहरुको लेखमा एक प्रकारको अावेग पाउछु। र यो एकदाम जायज पनि छ । तर त्यो अावेग केवल मसि बनेर केहि पेज रंगियर देशमा केहि हुन्न; मलाइ पुर्ण अाशा छ, एक दिन युवाहरुको अावेकले सिमा नाघ्ने छ र देशमा नयाँ परिवर्तन ल्याउने छ।