Wednesday, September 17, 2008

इन्टरनेटमा हीरा कि कीरा ?


विनय कसजू



"धेरै वर्ष पहिले तिमीहरू हातमा बाइबल लिई हामीकहा आयौ र मुक्तिको बाटो यो हो भनेर देखायौ, अनि हामी सबैलाई दास र उपनिवेश बनायौ । अहिले तिमीहरूले यो इन्टरनेट भन्ने कुरा लिएर आएका छौ । फेरि हामीलाई दास बनाउन यो अर्को चाल हो कि भने मलाई डर लागिरहेछ ।" डेनमार्कको लुजियाना आर्ट म्युजियम हलमा सन् १९९८ मे १६ मा 'अभिव्यक्ति स्वतन्त्रता र विकास' विषयमा विचार तथा अभिव्यक्ति स्वतन्त्रताका लािग आधुनिक सञ्चार प्रविधि, खास गरी इन्टरनेटको महत्त्वको बारेमा एसिया र अपि|mकाका केही देशहरूको सम्मेलनमा अपि|mकाबाट आएका एकजना प्रतिनिधिले माथिका कुरा भनेका थिए । उनको कुरा सुन्दा पहिले त मलाई इन्टरनेटको बारेमा केही नबुझेर यस्तो भनेको हो कि जस्तो लागेको थियो । कहाको इन्टरनेट कहाको बाइबल भनेर हासो पनि लागेको थियो । गोष्ठीमा इन्टरनेट सूचना र ज्ञानको अत्यन्तै उदार र प्रजातान्त्रिक माध्यम हो यसले मानिसलाई बलियो बनाउाछ र आˆनो हित र पक्षमा निर्णय लिन बार्गेनिङ गर्न सक्षम बनाउछ भन्ने तर्क धेरैले राखेका थिए ।

मानिसलाई बलियो बनाउने मुख्य कुरा नै सूचना र ज्ञान हो । सूचनामा पहुच बढ्यो भने मानिसको शक्ति बढ्छ भन्ने कुरामा मलाई पहिलेभन्दा अहिले झन्झन् विश्वास बढिरहेको छ । त्यसमा पनि आधुनिक सूचना प्रविधिलाई बौद्धिक वस्तु उत्पादन गर्ने साधनको रूपमा उपयोग गर्नसक्यो भने भौतिक र प्राकृतिक स्रोतसाधनबाट वञ्चित देशहरूले कंगारुको चालले प्रगति गर्नसक्छन् भन्ने मलाई विश्वास छ । बुद्धि वा बौद्धिक क्षमता कुनै देश जात, वा वर्गको पेवा वा एकाधिकार होइन । हिजो हिमालमा चौरी चराउने गोठालो, तराईमा भैसीको आङमाथि बसेर गीत गाउदै रमाउने केटो अहिले अमेरिकाको सिलिकन भ्यालीमा सफ्टवेयर उत्पादन गर्दैछन् ।

नेपालभित्र पनि सफ्टवेयर उत्पादन गरेर तथा आउट सोर्सिङ व्यापार गरेर युरोपेली कामदारसरह पारिश्रमिक कमाउने युवाको सङ्ख्या नेपालमा बढिरहेको छ । वास्तवमा कोइला र खनिजको खानी नभएको र समुद्री मार्गबाट वञ्चित नेपालजस्तो देशका लागि सूचना प्रविधि एउटा अपूर्व अवसरको रूपमा अगाडि छ । तर यो भिल्लका देशमा मणि भनेझैा यसको महत्त्व बुझ्न नसकेर मिल्काइने हो कि भन्ने डर बढिरहेको छ । बाह्रपन्ध्र वर्ष अघिसम्म नेपाल आइटीको क्षेत्रमा भारतभन्दा अघि थियो भन्ने कुरा सुन्दा काल्पनिक कथाजस्तो लाग्नसक्छ । जुन बेला पाल्पामा कम्प्युटर पुगिसकेको थियो त्यस बेला नया दिल्लीका ठूलाठूला व्यापारिक प्रतिष्ठानले कम्प्युटरको प्रयोग गर्न सुरु गरेका थिएनन् । नेपालबाट सˆटवेर उत्पादन गरेर विदेशमा निर्यात गर्नथाल्दा भारतमा त्यसको थालनी नै भएको थिएन । तर अहिले नेपालका सफ्टवेयर उत्पादन व्यवसाय टञाक्सिएको छ, केही त विदेश पलायन भइसकेको छ, र भारतका युवाले स्वदेशमै बसेर विदेशी मुद्रा कमाइरहेका छन् । भारत संसारकै सबैभन्दा ठूलो आउट सोर्सिङ गर्ने र सफ्टवेयर उत्पादन गर्ने देश बन्ने दिशामा उन्मुख छ । यता नेपाली युवा अरबका मरुभूमिका भेडा र उट चराउन, कोरियाका कारखानामा भारी बाध्न, सामान प्याकिङ गर्न जान ताछाडमछाड गरिरहेका छन् ।

जग्गाजमिन बढ्नसक्तैन । जमिनको उत्पादन क्षमताको पनि सीमा हुन्छ । किसानले उत्पादन गरेको अन्न एकपटकमा एकजनाभन्दा धेरैले उपभोग गर्न सक्तैन । त्यस्तै कलकारखानाले उत्पादन गरेको सामान पनि एकपटकमा एकजनाले मात्रै उपभोग गर्नसक्छ । तर एकजनाले गाएको गीत हजारौ जनाले पनि सुन्नसक्छ । सीडी वा अरू माध्यमबाट हजारौ लाखौ प्रति बनाएर बेच्न सकिन्छ । कृषि उत्पादन र कलकारखानाको उत्पादनको उपयोगकर्ताको सीमा हुन्छ तर बुद्धि र ज्ञानले उत्पादन गरेको वस्तुको उपभोक्ताको सीमा हुदैन । हलिउडमा बनेको एउटा फिल्म हजाराै प्रति बनाएर करोडौ मानिसले एकैसाथ हेर्न, मनोरञ्जन गर्नसक्छ । सफ्टवेयर यस्तै बौद्धिक उत्पादन हो जसको उपयोगकर्ताको सीमा हुदैन । बील गेटको सम्पन्नताको रहस्य यही हो किन भने संसारका करोडौ कम्प्युटर उनले बनाएको सफ्टवेयर बिना चल्न सक्तैन । संसारमा जसले कम्प्युटर चलाए पनि अधिकांश प्रयोगकर्ताले कुनै न कुनै रूपमा, थाहै नपाईकन, बिल गेटको खल्तीमा पैसा पठाइरहेको हुन्छ । यस्तो बौद्धिक उत्पादन नेपाली युवाले झण्डै पन्ध्र वर्षअघि थालिसकेका थिए । नेपालको भौगोलिक विषमता, प्राकृतिक स्रोत साधनको अभाव दुई ढुङ्गाबीचको तरुलको अवस्थालाई चिरेर आर्थिक समृद्धिका लागि बौद्धिक उत्पादनभन्दा अर्को राम्रो आधार केही हुनसक्तैन ।

नयाा नेपाल बनाउने सपना देख्ने कुनै पनि नेताले सूचना प्रविधिलाई बेवास्ता गर्नै सक्तैन । गर्नहुादैन । नेपालको आर्थिक विकासका लागि नेपाली युवालाई सूचना प्रविधिमा आकषिर्त गर्न र क्षमतावान् बनाउनु आवश्यक छ । यसका लागि सूचना र सञ्चार प्रविधिका पूर्वाधारहरूको विकास र गाउागाउासम्म विस्तार गर्नु अहिलेको सरकारको प्राथमिक मुद्दा हुनुपर्छ । पन्ध्र वर्षअघि नै यो काम सुरु भएको भए नेपाली युवा जंगल पस्नु पर्ने अवस्था नै आउने थिएन । न त विदेश जाने होडबाजीमै लाग्नुपथ्र्यो ।

सूचना प्रविधिले संसारलाई कम्प्युटरमा ल्याइदिएको छ । यसमा सूचना, ज्ञान र मनोरञ्जन छ । शिक्षा, रोजगारी, स्वास्थ्य, पर्यटन इत्यादि सबै कुरा यसमा छन् । यसभित्र हीरा पनि छ कीरा पनि छ । हीरा खोज्नेले हीरा पाउाछ कीरा खोज्नेले कीरा पाउाछ । अहिले नेपाली किशोर र युवा सूचना प्रविधिको दुनियाामा आकषिर्त भएर देशभरि छरिएका झण्डै पााच हजार, जति साइबर क्याफे र सूचना केन्द्रहरूमा झुम्मिन थालेका छन् । व्यक्तिगत रूपमा घरघरमा यसको उपयोग गर्नेहरूको संख्या लाखौा पुगेको छ । कतिपय युवाले यसबाट आफ्नो भविष्य बनाइरहेछन् । समृद्धि कमाइरहेका छन् भने कतिपय किशोर र युवा यसमा भएका कीरा वा विकृतिहरूको सिकार हुन थालेका छन् । निश्चय नै अनलाइनबाट हुने खतरा निरन्तर बढिरहेको छ । फलस्वरूप, सूचना प्रविधिबाट हुने फाइदा उपयोग गर्न नपाउादै यसबाट हुने बेफाइदाबाट सतर्क हुनुपर्ने अवस्था आएको छ । 'पहिलो गाासमै झिागा पर्‍यो' भनेको यस्तै होला ।

आइटीले हरेक मानिसलाई सूचना र ज्ञानको उत्पादन र वितरक हुने क्षमता दिएको छ । जसले गर्दा कम्प्युटर र टेलिफोन लाइनको सम्पर्कमा भएको कुनै पनि व्यक्तिले आफ्नो कुरा शब्द, ध्वनि, चित्र र चलचित्रमा इन्टरनेटमा राखेर क्षणभरमै विश्वव्यापी गर्नसक्छ । यही क्षमता र प्रविधि उपयोग गरेर धनपिपासु र यौनपिपासुहरूले इन्टरनेटमा फोहोरी वर्णन, शब्द, चित्र र चलचित्र राखेका छन् भने आतङ्ककारीहरूले विध्वंसक प्रविधि सिकाइरहेका छन् । अपि|mकी प्रतिनिधिले डेनमार्कमा भनेझैा इन्टरनेटले संसारलाई कुबाटोमा हिाडाउने सम्भावना बढिरहेको छ ।

तर, विचार गर्नुपर्ने कुरा के हो भने प्रविधि स्वयं आफैमा असल वा खराब हुादैन । यसको उपयोग कसले र कसरी गरिन्छ त्यसैमा कुनै पनि प्रविधिको फाइदा र बेफाइदा निर्भर हुन्छ । सूचना प्रविधि पनि यस्तै साधन हो जसलाई उपयोग गर्न जान्यो भने हीरा हुन्छ, नत्र कीरा हुन्छ ।

यस्तो महìवपूर्ण र उपयोगी साधनबाट फाइदा लिनुको सट्टा 'यो त केटाकेटी बिगार्ने साधन रहेछ' भनेर अभिभावक र आमाबाले इन्टरनेटलाई घर भित्र छिर्न नदिने निधो गरे भने वा यसबाट आफू पनि टाढा रहने र केटाकेटीहरूलाई पनि प्रयोग गर्न नदिने, साइबर क्याफेलाई डान्स रेस्टुरााजस्तो ठान्ने जनभावना निर्माण भयो भने नेपालको अगाडि आएको ठूलो अवसर गुम्ने निश्चित छ ।

इन्टरनेटमा भएका फोहोरी र विध्वंसकारी सामग्रीबाट जोगाउने उपायहरू पनि छन् । उपयुक्त चाइल्ड सेफ्टी सफ्टवेयरयुक्त ब्राउजर प्रयोग गर्ने एउटा प्रभावकारी उपाय हो । तर सबैभन्दा महत्वपूर्ण र प्रभावकारी उपाय जनचेतना र शिक्षा नै हो । बालबालिका र किशोरहरूलाई इन्टरनेट/अनलाइनको दुष्प्रभावबाट जोगाउन अभिभावकहरू पनि सचेत र शिक्षित हुनैपर्छ । प्रतिवन्धात्मक वा नकारात्मक उपायले झन विकृति ल्याउने र प्रविधिले दिएको अवसरबाट बंचित हुने संभावना धेरै हुन्छ ।

अर्को महìवपूर्ण उपाय बालमैत्री सामग्री इन्टरनेटमा राख्नु हो । अहिले वेबसाइटहरूमा नब्बे प्रतिशतभन्दा धेरै सूचना र ज्ञानका सामग्री अंग्रेजी भाषाका छन् । भाषाको दृष्टिले मात्रै होइन, सांस्कृतिक, धार्मिक, सामाजिक, शैक्षिक आदि विभिन्न दृष्टिले पनि ती सामग्रीहरू हाम्रो लागि विराना सामग्री हुन् । तिनको उपयोग हामी सहज रूपमा गर्न सक्तैनौा । अहिले बालबालिका र किशोरहरूले कम्प्युटर खोल्ने बित्तिकै कि त च्याट गर्न थाल्छन्, कि गेम खेल्न थाल्छन् । उनीहरूका लागि आफ्नै भाषा र संस्कृति सुहाउादा कार्टुन, चित्र, बालसाहित्यका सामग्री भएका भए अथवा उनीहरूको विद्यालयमा पढाइने विषयका सामग्री भए पक्कै पनि उनीहरूको ध्यान च्याट वा गेमतिर जाने थिएन । बालबालिका र किशोरहरू अनलाइनमा बरालिनु र दुष्प्रभावमा पर्नुको एउटा प्रमुख कारण नेपाली कन्टेन्टको अभाव नै हो । यसैले एक्काइसौा शताब्दीका बालबालिकालाई चाहिने विषयवस्तु उत्पादन गर्नु अहिले नेपाली अनलाइन प्रवर्द्धकहरूका लागि सबैभन्दा ठूलो हााक र अवसर पनि हो । सूचना प्रविधिको प्रवर्द्धन गर्ने काममा लागेका निकायहरूको ध्यान जति चाडो जानसक्यो उति बेस ।

अनलाइनको दुष्प्रभावबाट जोगिने नाममा/बहानामा हाम्रो भविष्यको पुस्ता यो उपयोगी साधनबाट वञ्चित नहोउन् भन्ने कुरामा विचार पुर्‍याउनै पर्छ । उनीहरूको भविष्य बिगार्ने अधिकार हामीलाई छैन । यसैले उनीहरूलाई सूचना प्रविधिको साधनबाट वञ्चित गर्नुहुदैन । अभिभावक, समाज वा सरकारले आˆनो कर्तव्य पूरा नगर्ने त्यसको सजाय बालबालिकाहरूले र अन्ततः देशले नै पाउने हुनुहुदैन । बालबालिकालाई अनलाइनको खतराबाट जोगाउने अभियानमा लागेका निकायहरूले यसमा विचार पुर्‍याउनु अति आवश्यक छ ।

1 comment:

Anonymous said...

по моему мнению: отлично. а82ч