Thursday, April 16, 2009

नयाँ भाषाको सम्बन्धमा ।

नेपालका भाषाहरु सर्वेक्षण गर्ने क्रममा पुर्व नेपालमा 'माल पहाडे' भन्ने नयाँ भाषा फेला पऱ्यो भन्ने कुरामा केहि भन्न मन लाग्यो । पहिलो कुरा त यस भाषाको नाम पत्रीकामा भने जस्तो 'माल पहाडे' नभइ 'माल पहरिया' हो । यो भाषा नेपालमा अहिले भेटिएता पनि इण्डियाको झारखण्ड प्रदेश र बंगलादेशको केहि समतल भुभागहरुमा निकै पहिले देखि बोलिदै अाएको भाषा हो । जुन कुराको पुष्टिकोलागि भाषिक सर्वेक्षण इण्डियाका दस्तावेजहरु हेर्दा पनि हुन्छ । सादरी वा सद्री जस्तै यो भारोपेली परिवारको भाषा भएता पनि यस्को व्याकरण निकै हद सम्म मुन्डा र द्रविण परिवारका भाषाहरु सगँ मिल्दो छ । संयोगवस अाज नै मैल सादरी/सद्री भाषा सम्बन्धि गरियको अनुसन्धानको कक्षा पनि लिने अवसर पाए, यो भाषा पत्रीकामा भने जस्तो किसान भाषा होइन । किसान र सादरी दुइ अलग अलग भाषाहरु हुन, जस मध्य सादरी भारतको झारखण्डमा करिब २ मिलियन बक्ताले बोल्ने भाषा हो ।

1 comment:

Anonymous said...

The best site!