Wednesday, September 17, 2008

रामदेव, वामदेव, दामदेव र अग्निपरीक्षा !


अचेल रामदेवको अनुलोम-विलोम, कपालभाती र भस्त्रिका रोगी शरीरदेखि सौखिन सुन्दरीबीच फेसन भएको छ । बोसोले भरिएको पेट, अल्छीलाग्दो मानसिकता र अझ नैराश्य दैनिकीबीच रामदेवलाई पछ्याउनेहरूमा कर्मचारीतन्त्रको ठूलो भीड नै देखिन्छ तर गृहप्रशासनमा उपप्रधानमन्त्री वामदेव गौतमको उपस्थिति भएपछि प्रशासनको सुस्तता तङ्गि्रनुसागै प्रहरी परिचालनमा जमेको बोसो चलायमान भएको चर्चा सुरु भएको छ । यतिखेर सर्वसाधारणले अनुभूत हुनेगरी 'प्रहरी-रमण' सुरु भएको छ । गल्ली र चोकका रेष्टुरेण्टहरूबाट दश नबज्दै भद्दा सङ्गीत र कोकोहोलोले मुक्ति पाएको छ । आमनेपालीबीच नवधनाढ्य संस्कृतिमा हुर्कदो 'रूलेट र व्याक्रा' को क्यासिनो-टुर रोकिएको सुनिन्छ । प्रहरी र प्रशासनको कार्य तदारूकताको यो छनक मात्र होइन गृहमन्त्री गौतमसमेत अपराध नियन्त्रण गर्न अपराधीलाई दनक दिने मुडमा प्रस्तुत हुनुभएको छ । खासगरी झण्डावाल नेता र डण्डावाल प्रशासकहरूको सहकार्यमा अपराधीहरू चलखेल गर्छन् भन्ने गुनासो तीव्र भइरहेका बेला गृहमन्त्री गौतमका यस्ता सबै किसिमको दृढता परिवर्तित सन्दर्भ र नेतृत्वकै अग्निपरीक्षाको रूपमा लिइनु श्रेयस्कर हुन्छ । हाम्रो सन्दर्भमा हामी भावुकतामा छिटो तात्ने र अर्कमण्यतामा चााडो ँठण्डा’ हुने गर्दछौं । गृहप्रशासन यसअघि पनि कुछ’ गर्न जागरूक नभएको होइन । कतिपय गृहलगायत प्रहरी प्रशासनका जिम्मेवार व्यक्तित्वहरू सबै काम नियमित र सुचारु हुन नसक्नुमा त्यहाभित्र विद्यमान काखा र पाखाको दामदेव संस्कृति मनस्थितिलाई दोष थुपार्छन् । भुक्तभोगी पूर्व प्रशासक र प्रहरीप्रमुखहरूको दाबी छ । कोही दामदेवका कारण काखामा पर्छन् म्याद नाघेर पनि बूढा हुदैनन् । तर पाखा गर्दा कोही भने ३० वर्षे सेवामा टाइ टाइ फिस् हुनुपर्छ । वास्तवमा यो अत्यन्तै मननीय पक्ष हो । आक्रोश, आवेग र अमर्यादित शैलीले मात्र नभनिने र नगरिने यो टिप्पणीलाई आगतको मूलमन्त्र बनाइनुपर्छ । प्रहरी प्रशासनले यसबीचमा गृहमन्त्री गौतमको नेतृत्वमा जे र जस्तो सक्रियता देखाएको छ, त्यसले निश्चय पनि सुखद बिहानीको झलक दिन्छ नै । प्रहरीले केही दिन अघि उपराष्ट्रपति निवासमा भएको बम विस्फोट प्रकरणका खलपात्रलाई जसरी सार्वजनिक गरेको छ त्यसैगरी वीरगञ्जको लुटपाट एवं हत्याको घटनाक्रममा प्रहरी प्रशासनलाई स्वयं सभासदले खबर गर्दासमेत उपस्थित हुन नसक्ने विडम्बनालाई चिर्न सके मात्र बिहानीपछिको दिन लोभलाग्दो बन्नेछ । यद्यपि जति नै कुरा गरे पनि हामी कसैले बिर्सनै नमिल्ने तथ्य हामी सबै विनाबर्दीका प्रहरी हौं । त्यसैले चोरको ’ पछाडि दौडेको मात्रै होइन आमनागरिक प्रहरी प्रशासनको सहकार्यमा हातेमालो गर्न तम्सनुपर्छ । गृहमन्त्रीका नव उद्घोषहरू असल नियतले आएको प्रतीत हुन्छ । पार्टीलाई ठूलो बनाउन शक्ति दुरुपयोग गर्ने लक्ष्य होइन भन्ने जस्तो उहाको अभिमतको सदाशयतामाथि शङ्का गरिहाल्नु जरुरी छैन तथापि उहा स्वयंले रेखाङ्कति गर्नुभएको अग्निपरीक्षा त बाकी नै छ । मुलुकलाई अहिले कुनै दलविशेषको गृहमन्त्री पनि चाहिएको छैन । लाखौं लाखौं चिन्तित, असुरक्षित अनुहारले निश्चितता र निष्पक्षताभाव अनुभूत गरे पुग्छ ।

No comments: