Tuesday, May 17, 2011

राजनितिले पुऱ्याएको एउटा असर:


पहिले हाम्रो गाउँघर तिर भनिन्थ्यो कि नयाँ कुरा थाहा पाउन, नयाँ मान्छे चिन्न चिया पसलमा जानुपर्दछ। सायद त्यसैले होला अाफ्नो घरको काम नै बिताएर पनि चिया पसलमा मान्छेहरूको राम्रो जमघट हुने गर्दथ्यो। गाउँका स्थानिय छोटे नेताहरूको गफ दिने राम्रो क्लब हुने गर्दथ्यो चिया पसल। अाजका ठूला भनाउदा नेताहरू पनि कतिपय त त्यहि हिजोका चिया पसलबाट नै राजनितिक प्रशिक्षण पाएका होलान। तर अाजको दिनमा सुचना र संचार जगतमा अत्याधिक बिकास भएको छ। हामीले कुनै पनि कुराको जानकारि घरैमा बसि जान्न वा अाफ्नो भनाइ राख्न सक्दौं। सुचना र संचारमा नेपालले पनि राम्रो प्रगति गरेको छ। अनलाइन मिडियाको त बाढि नै अाएको छ। जसले गर्दा हामी जहाँ रहेता पनि कस्ले रातो पासपोर्ट बेच्यो, कस्ले के गऱ्यो तुरुन्त जानकारि पाउदछौं। ब्लगहरूका माध्ययमा त झन देशमा घटेका घटनाहरूका साथै स्वदेश र बिदेश दुबै ठाउँमा रहेका नेपालीहरूले त्यसमा गरेका ताजा प्रतििक्रया समेत पढन सकिन्छ। कतिपय समयमा त मुख्य लेख भन्दा पनि पाठकहरूबाट अाएका प्रतिक्रयाहरूले एक किसिमको जनमत नै निर्धारण गरेका हुन्छन। केहि दिन अघि बिबिसि नेपालीले गरेको अनुमान अनुसार ८०% भन्दा बढि न्युज र प्रतिक्रया राजनितिमा नै केन्द्रित हुन्छ। कतिपय लेख र धेरै जसो प्रतिक्रयाले हामी सबै नेपाली जन्ता स्वदेस वा बिदेश जहाँ रहेका पनि देशको राजनैतिक कारणले गर्दा उदास छौं भन्ने कुरा दर्साएको देखिन्छ। हामी अाफुले बर्तमान समयमा गरेको काममा भन्दा पनि देशको स्थितिमा बढि चिन्तित छौं। यस्ता राजनैतिक घटनाहरूका समाचार हेर्दा र पढदा हाम्रो मानसिक अवस्था कस्तो हुन्छ, हाम्रो कति समय यस्ता समाचारमा बर्बाद हुदैछ, केहि गर्ने समयमा हामीलाइ यस्ता अाफ्नो देशमा घटेका राजनैतिक घटनाहरूले कति पिडा दिन्छन भन्ने कुराको म यहाँ चर्चा गर्दछु।

यसै सन्दर्भको वरिपरि रहेर मैले एउटा सानो सर्भे गरेको थिए केहि समय अघि। त्यहि सर्भेमा मैले देखेका र मलाइ लागेका केहि कुराहरु अाज म यहाँ राख्दछु। कुरा यहाँ जर्मनीको लाइपचिख सहरमा पि एच डि गर्दै गरेको एउटा प्यालेसटाइनको साथिबाट सुरु गर्दछु। म लगाएत बिभिन्न देशबाट अाएका ११ जना बिद्यार्थीहरू जर्मन भाषा सिकिरहेका थियौं। सबैजना जर्मनी कै डाड फेलोसिपमा अध्ययन गरिरहेका थियौं। कलास नियमित जानु पर्ने, गृहकार्य नियमित गर्नु पर्ने हुन्थ्यो। सधै जसो नै कलासमा बिभिन्न समूहमा छलफल गर्नु पर्ने र बोल्नु पर्ने हुन्थ्यो। यसै क्रममा मैले प्यालेसटाइनको साथिलाइ अलिक नजिकबाट वाच गरिरहेको थिए। उस्को अानिवानि हेर्दा मलाइ उ अरु भन्दा निक्कै भिन्न भएजस्तो लाग्थ्यो। कक्षामा जहिले पनि छलफलमा भाग लिदा सुरुवात शिक्षकले दिएको बिषय बस्तुमा भएता पनि अन्तय जहिले पनि उस्ले अाफ्नो देशको राजनिति, अमेरिकाले इराकमा गरेको अाक्रमण अादिमा लगेर जोड्थ्यो। मुख्य गरि उस्ले जहिले पनि छलफललाइ अाफ्नो देशको राजनितिमा लगेर जोडने र निक्कै भावुक हुने, घरिघरि उत्तेजनामा अाउने उस्को बानि थियो। मैले यहाँ प्यालेसटाइनको राजनितिको कुरा गर्दिन। त्यहाँको खराब राजनितिले गर्दा त्यहाँका जन्तामा परेको बर्जपात अध्ययनको छुट्टै बिषय बस्तु बन्ला। मैले यहाँ केवल त्यहाँको राजनितिबाट उ बिदेसमा रहदा पनि कति अाक्रान्त छ, उस्मा कति पिडा छ, उ जर्मनी बसेर अध्ययन गर्दा पनि उस्को मन र मष्तिस्क किन हरपल उस्कै देशमा छ भन्ने कुरालाइ मनन गर्न खोजेको हुँ। मलाइ मेक्सिकोको साथिले भनेको थियो, ‘अलि भिडमा पनि एक्लै हुन्छ’। हो उ साच्चै त्यस्तै थियो, उ अाफ्नो देशको राजनितिमा एतिसम्म चिन्तित थियो कि, उस्लाइ अाफ्नो अगाडि के हुदै छ भन्ने कुराको कुनै ख्याल हुदैन्थ्यो। त्यसैगरि नाइजेरिया, केनियाका साथिहरु पनि निकै चिन्तित पायँ मैले। यहि कुरामा रहेर मैले पछि साउथ एसियाका केहि विद्यार्थीहरुको बिचार गर्दा पाकिसतानी र अफगानिसतानी साथिहरु बढि नै चिन्तित पायँ। साएद उनिहरुको देशमा तनाव पनि हाम्रोमा भन्दा बढि नै भएर होला। अाफ्नो देशको चिन्ता लिनु, नियमित रुपमा समाचार लिनु न निस्चय पनि राम्रो कुरा नै हो। तर बर्तमान समयमा अाफ्नो काम ब्यवसायमा नै धक्का पुग्ने गरि चिन्तालिनु कति सम्म जायज होला?

यसै क्रममा मलाइ नेपालबाट बिदेश अध्ययन गर्न वा काम गर्न भनेर अाएकाहरुको केहि जानकारि लिन मनलाग्यो र मैले भेटेका र देखेका साथिहरूलाइ अलिक नजदिकबाट नियाल्न लागें। तर यो कुनै बिसतृत अध्ययन होइन। मेरो सानो अध्ययनले देखेको कुरा म यहाँ राख्दछु। त्यसैले तपाईको परिवेस र तपाई रहेको देशमा यो भन्दा भिन्न परिवेस भए मलाइ माफ गर्नु होला। सबै भन्दा पहिले उमेर समुह अन्तर्गत हेर्दा: २५ देखि करिव ४० बर्षको उमेर भए पछि नेपाल छोडेकाहरुले पाए सम्म बिदेशमा पनि नियमित जसो नै विभिन्न माध्ययम द्वारा देशको खबर लिन्छन। प्राय: दैनिक जसो नेपालबाट प्रकासित हुने अनलाइन पत्रिकाहरू हेर्छन, ब्लगहरू हेर्छन, अाफुलाइ लागेको कुरा कमेन्ट पनि लेखिहाल्छन। यस समुहमा पनि ३० बर्ष भन्दा बढि उमेर भएकाहरुले खोजि खोजि भएता पनि देशको समाचार पढछन्, ब्लग पढने र लेख्ने गर्दछन। नेपालमा हुने सानो भन्दा सानो घटनाको पनि ख्याल राख्छन। र त्यस्ता घटेका घटनाको यहाँ पनि निक्कै चर्चा गर्छन। यसको तुलनामा नेपालबाट १२ कक्षा सम्मको अध्ययन गरि बिदेसियका (१८ देखि २२ बर्ष) उमेर समुहकाहरुले देशको राजनितिमा त्यति धेरै चासो राखेको र निकै नै ठुला घटना घटेको जानकरी नपाए सम्म नेपाली न्युज पढने गरेको पाइयन। नेपाली राजनिति र राजनितिक समाचारमा उनिहरुलाइ धेरै चासो भएको देखिएन। त्यसै गरि धरै अघि देखि बिदेशमा परिवार सहित रहेका, स्थाइ बसोबास गर्ने अनुमति पनि प्राप्त गरेका, नियमित काम भएका ४०/४५ बर्ष भन्दा माथि उमेर समुहकाहरूले अाक्कल झुक्कल मात्र नेपाली न्युज हेर्ने गरेको पाइयो। यिनीहरूलाइ ब्लगहरुमा खास्सै चासो रहेको देखिएन।

यो सब अध्ययनको निचोड के त? मेरो सानो अध्ययन अनुसार ३०-३५ बर्ष उमेरसमुह वरिपरिका व्यक्तिहरु नै सबै भन्दा सक्रिय रूपमा नेपालको बढि भन्दा बढि न्युज हेर्ने, पढ्ने, राजनैतिक कुरामा रहेर बादबिवाद वा छलफल गर्ने गरेको पाएँ। र यहि उमेर समुहकालाइ नै राजनैतिक दलहरुले पनि बढि भन्दा बढि प्रयोग गर्दछन। तर यो त जीवनको सबै भन्दा बढि उपलब्धि हासिलका लागि लाग्नु पर्ने उमेर हो। हामी सधै राजनैतिक छलफर र बादबिवादमा नै अलमल गऱ्यौं भने हामीले अाफूलाइ कहिले बिकास गर्ने? राजनितिले केवल नेताहरुलाइ मात्र होइन हामी सर्वसाधारण जन्तालाइ पनि सताएको छ चाहे त्यो नेपालमा होस वा बिदेशमा नै। माथि मैले भने जस्तै प्यालेसटाइन, केनिया, अफगनिसतान वा पाकिसथान जहाँकाले पनि देशको राजनितिमा नै चिन्ता लिदा लिदा अाफुले बर्तमान समयमा के गर्ने हो भन्ने कुराहरु नै संझिन सकेका छैनन्। यो राजनितिक असनतुलनले हामी जस्ता युवाहरुलाइ मानसिक रुमपा दिएको तनाबलाइ कसैले मनन् गरेको होला त? राजनितिले गर्दा देश बिग्रियो भन्दै र त्यो काम न काजको नेताहरूको गलफत्तिका बारेमा सुन्दा र पढिरहदा हाम्रो कति समय बर्वाद भएको छ कसैले बिचार गरे होला त? हामीले प्रत्यक्ष रुपले कुनै पनि राजनैतिक दलको झोला बोकेर समय नबिताएको भएता पनि, उनिहरूले गरेका क्रियाकलाप र उनिहरूले वर्तमान समयमा देखाएको व्यवहार हेर्दा, सुन्दा, पढदा, हामी कति चिन्तित हुन्छौं, हामीले गर्नु पर्ने काम नै बिर्सिन्छौं, र यहि कुरामा नै हामी कति समय बर्वाद गरिरहेका छौं। राजनितिले यस्ता केहि गर्ने समय भएका युवामा पुऱ्याएको यो असरको कसैले बिचार गरे होला त?

-नेत्र प्रसाद पौड्याल
लाइपचिख जर्मनी

Tuesday, April 12, 2011

Nepali Language and Linguistics

Nepal is a country of great geographic, linguistic and ethnic diversity. Nepali is an official language of Nepal. It is also used as a lingua-franca in-and-out side of Nepal, particularly in Bhutan, Burma and some part of India.

Nepali finite verb inflects for person, number, gender and honorific status of the speech act participants (SAP). But do not worry, Nepali gender system is not crazy like German or Hindi. Nepali exhibits what Massica (1991) labelled an ''attenuated gender system''. It means it only shows biological gender of animate nouns. We don't care inanimate nouns very much and dump all as grammatically masculine! Well, few kinship terms show overt differentiation of gender, example keto 'boy' , keti 'girl'.

Nepali language is not very difficult if you are really interested to climb the mountains of Nepal. Go a head and find some good Nepali teachers having some linguistic knowledge. But I bet the best language teachers are available in the touristic streets of Thamel in Kathmandu! They will surely eat your mind once you are there! However, you will gradually start enjoying it!

Recently I have been glossing some Nepali texts for my research purpose. Oh, I did not find people consistent in using proper glosses. I think there should be something like -- Leipzig glossing rules designed for Nepali linguists too. (One should do it and upload somewhere!)

I just made a very small list for my own purpose which I think I should post in this blog for my own purpose, if not others!

-eko PFV.PTCP (perfective participle)
-ne IPFV.PTCP (imperfective participle)
-era CVB (converb)
-dai PROG (progressive)
-da SIM.CP (simultaneous conjunctive participle)
-na/nu INF (infinitive)

cases
-ko GEN (genitive)
-le ERG/INST (ergative, instrumental)
-laai DAT (dative)
-maa LOC (locative)

This is just a small part of my Nepali glossing file. I could not upload big tables here. Please let me know in my email if someone wants it.

Thanks! See you again!

Happy New Year 2068! नयाँ बर्षको शुभकामना तपाईहरू सबैलाई ।